५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगर प्रमुख बालेन साहद्धारा दुुई समाचार संस्था विरुद्ध प्रेस काउन्सीलमा उजुरी 


प्रकाशित: मंगलवार, ३ साउन २०७९, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले हिमालय टिभी र नेपाल समाचार दैनिक पत्रिकलाइ कारवाहीको माग गर्दै प्रेस काउन्सीलमा उजुुरी दिएका छन । 


काउन्सीलमा साउन १ गते प्रमुख साहले दर्ता गएको निवेदनमा नेपाल समाचार पत्र र हिमालय टिभीमा प्रकाशन र प्रशारण गरेको समाचार काठमाडौं आर्थिक बर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रममा बिनियोजित बजेट रकम कुनै आमुक संस्थालाई उपलव्ध गराउन लागिएको भन्ने तथ्यहिन, भ्रामक र कपोकल्पीत समाचारप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । 


साहले सञ्चारमाध्यमले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रुपमा प्रकाशन तथा प्रशासरण गरेकोले भ्रम सिर्जना भई यसबाट व्यक्तिगत तथा संस्थागत गरिमामा आँच पुुगेकोले पत्रकार आचार संहिता अनुसार कारवाहीको माग गरेका छन ।  


उनले आफ्नो फेसबुुक पेजमा लेखेका छन,‘सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनु पर्छ, अख्तियारको दुरुपयोग भएको छ कि वा ति संस्थाहरुले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनु पर्छ । लोकतन्त्रको चौथो आधारस्तम्भका रुपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ ।’


महानगरले ई–स्पोर्टका लागि छुटाएको १ करोड रकमको विषयमा सञ्चारमा माध्यम, समाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex