काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन) शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ ।
सर्वोच्च अदालतमा अधिवक्ता दिपकराज जोशीले अदालतमा अवहेलना मुद्दा दर्ता गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।
नर्भिक अस्पतालको अबैध संरचना नहटाउन सर्वोच्चले अन्तिरिम आदेश दिएपछि प्रमुख शाहले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गराएको हो ।
प्रमुख शाहविरूद्धको मुद्दामा सोमवारनै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ ।
काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो ।
Categorized in स्थानिय