८ बैशाख २०८१, शनिबार
Header

महानगर पार्किङ व्यवस्थापनमा जुट्दै, टेकुमा हेलिप्याडसहित आठ तले भवनको प्रस्ताव 


प्रकाशित: शुक्रवार, ३० फागुन २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका पार्किङ व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन । 


पार्किङका लागि आवश्यक पुर्वाधार नभएकोले सवारी पार्किङ व्यवस्थापन सोचेजस्तो नहुँदा सर्वसाधरणले दुःख पाईरहेकोमा प्रमुख शाक्यले चिन्ता व्यक्त गरेका छन । 


सरोकारवाला, वडा अध्यक्षहरु, विमागप्रमुखहरुको भएको छलफलमा प्रमुख शाक्यले वडा कार्यालयहरुलाई आफ्ना वडामा पार्किङ् भवन निर्माण गर्न मिल्ने ठाउँ भए शिफारिस गर्न आग्रह समेत गरेका छन । 


काठमाडौंमा सवारी साधन व्यवस्थापनसँग जोडिएका यस्ता समस्याको दिगो समाधानका लागि पनि बहुतले वा प्रबिधियुक्त पार्किङ् नबनाइ हुँदैन, मेयर शाक्यको भनाइ छ ।


सो छलफलमा टेकुमा भएको व्यारेक नयाँ भवनमा सारेर त्यस ठाउँमा पार्किङ् स्थल बनाउने बिषयमा छलफल गर्न आग्रह गरेका छन । 


टेकु (अहिले वातावरण व्यवस्थापन बिभाग भएको स्थान) मा कार्यालय भवन निर्माणका लागि इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले तयार प्रस्ताव प्रमुख शाक्यले सो प्रस्ताव गरेका हुन ।  


सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बेसमेन्टमा डबल डेकरको पार्किङ संयन्त्र जडान भएको ठाउँ बनाउनु पर्नेमा जोड दिए ।


आठतले भवनको प्रस्ताव

 


भवनका डिजाइनर श्रेष्ठका अनुसार अहिले वातावरण बिभाग भएको स्थानमा २० हजार बर्ग फुट बेसमेन्टसहित १ लाख बर्गफुटको आठतले भवन बनाउन प्रस्ताव गरिएको छ । 


करीब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने भवनका हरेक तला १० हजार बर्गफुट क्षेत्रफलका हुनेछन् । भवनको डिजाइनमा जमिन र बेसमेन्ट गरी ८० वटा चारपाङ्ग्रे सवारी र १०० वटा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ हुनेछ । 


भवनको पछाडिपट्टिको मेकानिकल सेक्सनलाई बिभागसँग पुलले जोडिनेछ । आठौं तलामा सांस्कृतिक र बैठक कक्षको प्रस्ताव गरिएको भवनको माथिल्लो तलामा हेलिप्याड हुनेछ । महागनगरले बिपद् क्षति व्यवस्थापनमा पनि काम गर्नुपर्ने भएकोले हेलिप्याडको प्रस्ताव गरिएको इञ्जिनियर श्रेष्ठले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD