२६ बैशाख २०८१, बुधबार
Header

महानगर दिवसमा पि.एल. सिंहलाई सम्मान गरिने


प्रकाशित: शुक्रवार, २० मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरको २५ औं बार्षिकोत्सबमा पूर्व महानगर प्रमुख पि.एल.सिंहलाई सम्मान गरिने भएको छ । 


आगामी मंसिर २८ र २९ गते विविध कार्यक्रमका साथ हुन गईरहेको महानगर दिवसको उपलक्ष्यमा परम्पागत गुथि, जातिय गुथि, बाजा खःल लगायतलाई सम्मान गरिने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । 


बिहीबार महानगर दिवस मुल समारोह समितिको बैठकमा समितिका अध्यक्ष एवं महानगर प्रमुख बिद्यासुन्दर शाक्यले महानगर दिवशको तयारी तथा कार्यक्रमबारे छलफल गरेका छन । 


बसन्तपुरमा हुने उक्त दिवशमा महानगरबासी हुनुको गौरव स्थानीयमा अनुभूत गराउन र इच्छुक सबैलाई सहभागी गराउने प्रयास हुने प्रमुख शाक्यले बताए । 


उक्त अवसरमा ज्यापू समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६५ गुथि, गुँला बाजाका २३ वटा समूह, टोलमा राखिएका २ जना जीवित कुमारी र पुलुकिसी, दि प्याँख, लाखे, आकाश भैरव (सवः द्य) गरी ४ नाचसँग सम्बन्धित बाजा गुरुलाई सम्मान गरिने तयारी भएको पसमितिका संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए । 


त्यसैगरी त्यस अवसरमा महानगरले तालिम दिएका साना उद्यमीले तयार पारेका बस्तु प्रदर्शन हुनेछन भने मौलिक खानाका स्टलहरु समेत राखिनेछन ।


कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्न वडा ३२ का अध्यक्ष एवं शुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमा डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।


कार्यक्रममा महानगरले तयार पारेका सहरी पूर्वाधार, संस्कृति तथा सम्पदासँग सम्बन्धित तस्विर प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुनेछ ।


२०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगर घोषणा भएको यस बर्ष २५ बर्ष भएको छ । 


गएको बर्ष काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD