८ बैशाख २०८१, शनिबार
Header

महानगर दिवसको अवसरमा २२६९ जनाले स्वास्थ्य सेवा लिए


प्रकाशित: विहिवार, १ पुष २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरले २७ औं महानगर दिवसको अवसरमा संचालन गरेको स्वास्थ्य शिविरबाट २ हजार २ हजार २६९ जनाले सेवा लिएका छन । 


शिविरमा १ हजार ४१० जनाले साधारण स्वास्थ्य परीक्षण गराएका थिए भने ७८८ जनाको ल्याव परीक्षण गराइयो जसमा यसमा व्लड सुगर, एल्बोमिन, हेमोग्लोविन, टीजी, कोलेस्ट्रोललगायतका परीक्षण गराइएको थियो ।


शिविरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्यकर्मीलाई खोप प्रदान गर्दै निमोनियाँ खोप कार्यक्रम सुरु गरेको थियो । 


विभिन्न शिविरबाट ४३ जना जेष्ठ नागरिकलाई निमोनियाँको खोप दिइएको थियो । अब निमोनिया विरुद्धको खोप कार्यक्रम वडा स्तरबाट नियमित चल्नेछ । 


सो अवसरमा प्रमुख शाक्यले मधुमेहको परीक्षण समेत गराएका थिए । शिविरमा प्रमुख शाक्यले महानगरले सञ्चालन गर्ने सेवासँगै विशेषज्ञ स्वास्थ्य सेवाका लागि सरकारी र सामुदायिक अस्पतालको क्षमता विस्तारमा लगानी गरेको बताएका थिए । 


जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले खोप प्राप्त गर्न करीव १ महिना अवधि लग्ने र त्यसपछि खोप कार्यक्रम चल्ने बताए । 


महानगर दिवसको मूल समारोहसँगै चलाइएको शिविरमा २८ जनाको कोविड परीक्षणका लागि पिसीआर गरिएको थियो ।


महानगरको यस लगानीबाट महानगरबासीलाई लाभ सँगै देशका विभिन्न ठाउँबाट उपचारका लागि काठमाडौँ आउनु हुने विरामी र परिवारलाई पनि सहज बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD