२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगर दिवसका अवसमा ‘मृगौला बचाउ अभियान’घोषणा गरिने


प्रकाशित: विहिवार, २५ मंसिर २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको २६ औं दिवसका अवसमा ‘मृगौला बचाउ अभियान’घोषणा गर्ने भएको छ ।


महानगर प्रमुख शाक्यले ‘यस बर्षको महानगर दिवसका अवसरमा ‘मृगौला बचाउ अभियान’घोषणा गर्ने तयार भएको बताएका छन ।


२६ औं महानगर दिवस मुल समारोह समितिको बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर मृगौला रोग लाग्नै नदिनका लागि के–कस्तो उपाय अपनाउनुपर्छ भन्ने जस्ता जनचेतनामुलक कार्यक्रम गर्नेलगायतको अभियान सञ्चालनका लागि ‘मृगौला बचाउ अभियान’ घोषणाको तयारी गरेको हो ।’


कोरोनका महामारीको कारण रााष्ट्रिय सभा गृहमा सीमित व्यक्तिहरुका बिच कार्यक्रम आयोजना गर्ने तयारी गरेको प्रमुख शाक्यले जानकारी दिँदै नागरिकको अभिमतका लागि तीन दिनसम्म महानगरका कालिमाटी चोक, कलंकी, बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, बालाजु, बसन्तपुर, रत्नपार्क, न्युरोड, स्वयम्भू, पसुपति, लैनचौर, क्षेत्रपाटी, बागबजार, पुतलीसडक, त्रिपुरेश्वर, भाटभटेनी लगायतका विभिन्न ३० स्थानमा वुथ राख्ने तयारी समेत बताए ।  


महानगरपालिकाले परम्परागत बाजा गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार जस्ता विगतका कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने बताएको छ ।


त्यसैगरी इन्द्रजात्रा सम्वन्धी ऐतिहासिक पुस्तक पनि विमोचनको गर्ने भएको छ । उत्कृष्ट वडा कार्यालय घोषणा र सम्मान कार्यक्रम पनि गर्ने भएको छ । काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यस बर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कार दिइनेछ ।


४ जनाले पाउने यो पुरस्कार २ जना पुरुष २ जना महिलालाई प्रदान गरिने छ । 


१९७६ पुष ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex