काठमाडौँ । काठमाडौं महानगरपालिका कार्यपालिका सदस्यहको निर्वाचन मंगलवार सम्पन्न भएको छ ।
महानगरका कार्यपालिका सदस्यहरुमा नेपाली कांग्रेसबाट ६ जना निर्वाचित भएका छन । निर्वाचित हुनेहरुमा काठमाडौं वडा ५ का महिला सदस्य मिना सिंह, वडा २३ बाट कन्चना नेपाली हरिजन, वडा २ बाट मिना सुनवार, वडा २२ बाट ललिता खड्गी, वडा ५ बाट विनोद अछामी र वडा ६ बाट महेश नेपाली निर्वाचित भएका छन ।
त्यसैगरी नेकपा एकिकृत समाजवादीबाट वडा १५ का महिला सदस्य मैयाँ लक्ष्मी महर्जन र नेकपा माओवादी केन्द्रबाट अनिता कार्की ढली निर्वाचित भएकी छिन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको थियो । काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए ।
प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।
निर्वाचनमा महिला सदस्यका तर्फबाट कार्यपालिका सदस्यका लागि नेपाली कांग्रेसबाट कञ्चना नेपाली हरिजन, मीना सिंह, मीना सुनार र ललिता खड्गीको उम्मेदवारी परेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीकातर्फबाट मैयाँ लक्ष्मी महर्जनको उम्मेदवारी परेको छ ।
यसैगरी नेकपा एमालेकातर्फबाट शर्मिला परियार, शारदा सुवेदी, शोभा कार्की, हीरादेवी पोखरेल र हेराशोभा डंगोलको उम्मेदवारी परेको छ ।
यसैगरी दलित वा अल्पसंख्यकतर्फ नेकपा एमालेबाट केशव भुजेल, चन्द्रकला सुन्दास र प्रेम पोडे पुजारीकोको उम्मेदवारी छ । यस्तै नेपाली कांग्रेसकातर्फबाट बिनोद अछामी र महेश नेपालीको उम्मेदवारी छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट अनिता कार्की ढली उम्मेदवार दिएका छन ।
Categorized in स्थानिय