७ बैशाख २०८१, शुक्रबार
Header

महानगर कर्मचारी वचतको साधारण सभा सम्पन्न


प्रकाशित: मंगलवार, २१ मंसिर २०७८, १६ः३० बजे
- केडिआर

काठमाडौं । महानगर कर्मचारी वचत तथा ऋण सहकारी संस्था लि. को यस वर्ष सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले संस्थाका अध्यक्ष महेश कुमार काफ्लेद्वारा प्रस्तुत संस्थाको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७७/७८ को वित्तिय विवरण, लेखा समितिको प्रतिवेदन, आ.व. २०७७/०७८ को पल्र्स प्रतिवेदन, आ.व. २०७७/०७८ को वार्षिक प्रगती प्रतिवेदन तथा आ.व. २०७८÷०७९ को कार्यक्रम बजेट सम्बन्ध, लेखापरीक्षक नियुक्ती, लाभांश वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर सम्बन्ध लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागी पारित गरेको छ ।


साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड २२ लाख रुपैयाँ, कोष हिसाव ४४ लाख ६२ हजार ९ सय ९९ रुपैयाँ ७९ पैसा, वचत तथा निक्षेप ५ करोड ७७ लाख ५७ हजार ६२ रुपैयाँ ६८ पैसा, चालु दायित्व तथा व्यवस्था ७ लाख ७० हजार १ सय ३२ रुपैयाँ ४८ पैसा, कर दायित्व १ लाख ७१ हजार ५ सय ९० रुपैयाँ ४४ पैसाको भएको छ भने संस्थाको जम्मा करोबार ७ करोड ३३ लाख ८१ हजार ७ सय ८५ रुपैयाँ ३८ पैसाको भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD