१५ चैत्र २०८०, बिहिबार
Header

महानगर उपप्रमुख हरिप्रभा खड्गीले खसी–बोकामा रङ लगाउँदै


प्रकाशित: सोमबार, १३ असोज २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरकी उप्रमुख हरिप्रभा खड्गीले सोमबार कंलकी खसी बजारमा खसी बोका रंग लगाएकी छिन । 


दशैंको लागि राजधानी ल्याएको निरोगी खसी—बोका, भेडा—च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग लगाउन शुरु गरिएको हो ।

 
उपप्रमुख खड्गी श्रेष्ठ नेतृत्वमा पशु सेवा बिभाग, वाणिज्य तथा आपूर्ति बिभाग, खाद्य तथा गुण नियन्त्रण बिभागलगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित कलंकी खसी बजार पुगेर रङ् लगाउन शुरु गरिएको थियो । 


उपप्रमुख खड्गी श्रेष्ठ, पशु सेवा बिभागका महानिर्देशक डा. बंशी शर्मा र वडा १४ की अध्यक्ष शोभा सापकोटाले च्याङ्ग्राका सिङ्मा हरियो गाएका थिए ।


महानगरले पर्वमा खाइने मासुजन्य परिकारलाई स्वस्थ्य बनाउन महानगरपालिकाले पशु स्वास्थ्य जाँच र बजार अनुगमनलाई एकैसाथ तीब्र बनाएको हो । 


महानगरले पशु सेवा बिभागसँग समन्वय गरेर अब स्वस्थ्य चौपायाको सिङ्मा हरियो र खान प्रयोग गर्न नमिल्ने खसीको सिङ्मा रातो रङ् लगाउनेछ ।


महानगरको कृषि तथा पशुसेवा बिभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार यस पटक कलंकी, टुकुचा र गोङ्गवु बाइपास गरी ३ ठाउँमा खसी बजार लाग्नेछ ।


चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाले खसी बजारको जाँच कलंकीमा मात्र गरेर नहुने बताएका छन । 


राजधानीमा ६५ हजार चौपाए आएपनि कलंकीमा २५ हजार मात्र आईपुग्छ, बाँकी विचबाटै सहरमै पस्ने गर्दछ, त्यसैले पसल पसलमा गएर चौपायाँको जाँच गनुपर्ने अध्यक्ष थापाले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD