८ बैशाख २०८१, शनिबार
Header

महानगर उपप्रमुख हरिप्रभा खड्गीद्वारा नागढुंगामा अनुगमन


प्रकाशित: बुधवार, २४ बैशाख २०७७, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले नागढुंगा नाकाको अनुगमन गरेकी छन ।


बुधवार विहान उपत्यका भित्र भित्रिने सवारी साधन र मानिसको आवागमनका विषयमा अनुगमन गर्न प्रमुख खड्गी काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवासम्म पुगेकी छिन ।


मानिसहरु वाहिर जिल्लवाट धमाधम काठमाडौं छिरेका समाचारहरु वाहिर आएपछि सो को वास्वविकता वुझ्ना आफूहरु आएको महानगर उपप्रमुख खड्गीले सञ्चारमाध्यमहरुलाई जानकारी दिईन ।


अनुगमनको क्रममा उपप्रमुख खड्गीले उपत्यकाभित्र छिर्ने सवारी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा पनि उनले जानकारी समेत लिएकी थिइन ।


महानगरको अनुगमन समिति संयोजकसमेत रहेकी खड्गीले हरेक नागरिकको सुरक्षा अवस्थाप्रति गम्भीर रहेको भन्दै महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह समेत गरिन । 


खड्गीले अनुगमनको क्रममा उपत्यकामा आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी गर्ने ट्रकहरु, पेट्रोलियम बस्तु ढुवानी गर्ने, एम्बुलेन्स भित्रिँदै गरेको वताईन । 


महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार अनुसार अहिले नागढुंगा नाकाबाट दैनिक औसतमा ५०० वटा सवारी साधन भित्रिने गरेका छन । 


उपत्यकामा मानिसहरु भित्रीन थालेपछि उपत्यका नगरपालिका फोरमले मंगलवार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी नाकमा कडाइ गर्न सुझाव दिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD