३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महानगर उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा वडाको अनुगमन 


प्रकाशित: सोमबार, १० चैत्र २०७६, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठको नेतृत्वमा सोमवार वडाहरुको अनुगमन गरिएको छ । 


महानगरको ‘अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजक समिति रहेका उप्रप्रमुख खड्गीको नेतृत्वमा वडा १८, १९, २०, २२, २३, २४, २५ र २७ गरी ८ वटा वडाको अनुगमन गरिएको हो । 


कोरोना भाइरस (कोभिड — १९)  संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि महानगरले आफ्ना वडाहरुमा भईरहेको गतिविधिको अनुगमनलाई तिव्रता दिएको हो । 


वडाबाट भएका कामको प्रभावकारिता बढाउन अनुगमन गरिएको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठले बताईन ।


महानगरले सबै वडामा १ हजार थान मास्क र स्यानिटाइजर वडावासीका लागि पठाईसकेका छन । 


उपप्रमुख खड्गी श्रेष्ठले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन वडाबासीलाई प्रोत्साहन गर्न माइकिङ् गर्ने, ठाउँ—ठाउँमा हात धुनका लागि साबुन पानीको व्यवस्था गर्न वडालाई आग्रह गरेको बताईन । 


समितिका सदस्य सचिव एवं सहरी पूर्वाधार बिकास बिभागका प्रमुख राम थापा, समितिकी सदस्य एवं कार्यपालिका सदस्य हीरादेवी पोखरेल कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी, नगर प्रहरीसहित करीब १० जनाको टोली खटिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex