८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

महानगर उपप्रमुख हरिप्रभा खडगीद्धारा एकायन करातेका बिजेता खेलाडीलाई पुरस्कार वितरण


प्रकाशित: मंगलवार, १५ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल एकायन कराते संघको आयोजनामा शुक्रबार बाट प्रारम्भ भएको तीनदिने तेस्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता आइतबार समापन भएको छ । प्रतियोगिताका विजयी खेलाडीलाई काठमाडौं महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठले आइतरबार पुरस्कार वितरण गर्नुभयो ।


पुरुष २५ केजी तौल समुहमा अनिज क्षेत्री, ऋषभ रौनियार र रबि बहेलिया क्रमशः प्रथम, द्वितीय र तृतीय, ३० केजी तौल समुहमा एलिश राई प्रथम, कृष्ण भुशाल द्वितीय र बिज्ञान बस्नेत तृतीय हुनुभयो ।


३५ केजीमा सोम घले, रिजन पौडेल र नारायण तामाङले क्रमशः प्रथम, द्वितीय, र तृतीय हुनुभयो । ४० के जि तौल समुहमा अनिश भुसाल, युगेश लामा र अमिर पाण्डे क्रमश प्रथम, द्वितीय र तृतीय भएको थियोे ।


त्यसैगरी, ४५ केजी समुहमा मुस्कान पुनमगर, विशाल सुन्दास र मनिश पनेरुले सफलता प्राप्त गर्नुभयो भने ५० तौल समुहमा धनराज तामाङ, नरेश चौधरी र कृष्ण चौधरीले बाजी मार्नुभयो ।


५५ केजी तौल समूहमा बिजन राई, सुदिप राई र जनिप परियारले विजयी हुनुभयो । खुल्ला समूहतर्फ बिजय तामाङ, जयमान तामाङ र बिजय माझी क्रमश प्रथम, द्वितीय र तृतीय हुनुभयो ।


महिला तर्फ ३० केजी तौल समुहमा रोजिना लामा, आकृति क्षेत्री र मनिशा लामा विजयी हुनुभयो । ४० केजी समुहमा मुना लामा, युनिशा राउत र सानुमाया लामाले बाजी मार्नुभयो ।


त्यसैगरी ५० केजी तौल समुहमा मनिशा घले, प्रकृति स्थापित र दीक्षा राइले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभयो ।


माघ ११ गते बहुउद्देश्यीय मार्शल आर्ट केन्द्र काठमाडौंमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले दिप प्रज्वलन गरि उद्घघाटन गर्नु भएको थियो । 


उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँलगायतको उपस्थिति रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex