काठमाडौं । काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल र नेपालका लागि ईजरायली राजदूत खनान गोडेरविच शिष्टाचार भेट भएको छ ।
भेटको क्रममा राजदूत गोडेरलले उपप्रमुख डंगोलसँग महानगरभित्र खुल्ला व्यामशाला बनाउन चाहेको इच्छा जाहेर गरेका थिए । उनले काठमाडौंको वडा ३, ४ वा ८ मा व्यामशाला निर्माण गर्न सकिने बताए ।
राजदूतको मागलाई सम्बोधन गर्ने क्रममा उप्रमुख डंगोलले भने,‘‘काठमाडौँ महानगरले सार्वजनिक जग्गाको संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धनलाई नीतिका रुपमा लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ ।दूताबासको प्रस्ताव हाम्रा कार्यक्रमसँग मिल्ने खालका छन् । हामी सहकार्यका लागि स्वागत गर्न चाहन्छौँ ।’
Categorized in स्थानिय