२३ बैशाख २०८१, आइतबार
Header

महानगरसँग ४ बुँदे सहमति पछि ईः को अन्दोलन स्थगीत


प्रकाशित: बुधवार, १० असोज २०८०, २१ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौ महानगरपालिका र ईः विच चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।


बुधवार भएको लामो बार्तापछि बेलुका ९ बजे ईःले पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगित भएको बताएको छ । 


राष्ट्रसभा गृह अघि सहमति भएको बुँदाबारे काठमाडौं महानगर प्रमुख सचिवालयका प्रतिनिधि धिरज जोशीले सहमतिको बुँदाहरु पढेर सुनाएका थिए । 


काठमाडौं महानगरपालिका र अभियानकर्ता ईःका विचमा भएको पहिलो बुँदामा फुटपाथ सार्वजनिक स्थानमा वार्ता गर्ने विषयलाई सम्बोधन गर्न १९९ घण्टादेखि राष्ट्रिय सभा गृहको मुल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनु भएका अभियानकर्ता ईः र सहभागी साथीहरुको स्वास्थ्य लाभको कामना गर्दै आजैबाट स्थगन गर्ने निर्णय गरियो । 


बुँदा नं. २ मा फुटपाथ सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका समानहरु महानगरपालिकाको स्टोरमा भएसम्म एकिन गरि सम्बन्धीत समानको धनीलाई महानगरपालिकाले फिर्ता गर्ने । 


बुँदा नं. ३ मा अनौपचारिक क्षेत्रबाट हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन विधि, कानुनी व्यवस्था समेतको प्रवन्ध गर्ने बिषयमा ठोस सुुझाव सहित अध्ययन गरी २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश देहाय बमोजिमको समिति गठन गर्ने भनिएको छ । 


समितिमा महानगरपालिकाले तोकको ३ जना, अभियानकर्ता ईःका तर्फबाट तोकिएका २ जना, भौतिक तथा यातायात मन्त्रालयका प्रतिनिधी एक जना, सहरी विकास मन्त्रालयका प्रतिनिधि एक जना, ट्राफिक प्रहरीको प्रतिनिधि एक जना हुनेछ । 


त्यसैगरी, चौथो बुँदामा साविकमा फुतपाथ सार्वजनिक स्थालमा व्यापार गरेका व्यवसायहरुका लागि महानगरपालिका भित्र कानुन निषेध गरेका स्थान बाहेक अन्यत्र उपयुक्त स्थलहरुको पहिचान गर्न महानगरपालिकाले आजको मितिले १ हप्ता भित्र पहल गर्ने उल्लेख छ । 


वार्तामा काठमाडौ महानगरपलिकाको तर्फबाट चिनिकाजी महर्जन कार्यपालिका सदस्य, धिरज जोशी प्रमुखको सचिवालय र अभियानकर्ता ईःका तर्फबाट स्वयं ईः र रोहबरमा राजकुमार श्रेष्ठ सडक व्यापार प्रतिनिधि, सुुर्यबहादुर थापामागर सडक व्यवसायी प्रतिनिधि, भोजकुमारी फुुयाँल सडक व्यापार प्रतिनिधि रहेका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD