७ बैशाख २०८१, शुक्रबार
Header

महानगरवासीमा प्रमुख शाक्यको शुभकामना, लकडाउनमा फसेकाहरुलाई गाउँ नफर्कन आग्रह


प्रकाशित: सोमबार, १ बैशाख २०७७, ९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरवासीमा नयाँ बर्ष २०७७ सालको शुभकामना व्यक्त गरेको छ ।


नयाँ बर्षलाई घरमै बसेर उल्लासमय बनाउन र सरकारले जारी गरेको लकडाउनको आदेश पालना गर्न अपिल गर्दै कोरोना भाइरसले ल्याउन सक्ने महामारीविरुद्ध लड्न आग्रह गरेको छ । 


अपिलमा शाक्यले महानगरबासीको सुख, शान्ति, समृद्धि र दिगो उन्नतिको कामना गर्दै भाइरसको संक्रमणबिरुद्ध लड्न सबैमा हौसला र सहास प्राप्त होस, महामारीको जोखिमबाट चाँडै मुक्त हुन सकौं भन्ने शुभकामना व्यक्त गरेका छन ।


यो सँगै प्रमुख शाक्यले यो संकटको समयमा सहरबाट गाउँ नफर्कन आग्रह गर्दै कुनै समस्या परे महानगरको टोल फ्रि नंंम्बर वा आफू बसेको वडाध्यक्षसँग सम्पर्क गर्न समेत अपिल गरेका छन । 


कोभिडको आशंका भए महानगरले सञ्चालनमा ल्याएको कोभिड निगरानी प्रणाली मोवाइल एप्लिकेसनको प्रयोग गर्न र अस्पताल जान १०२ एम्बुलेन्स सेवाको प्रयोग गर्न सकिने जानकारी प्रमुख शाक्यले दिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD