४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगरवासीको लागि सम्पत्ति करमा १० प्रतिशत छुट


प्रकाशित: मंगलवार, ७ साउन २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुटको घोषणा गरेको छ । 


कर छुटको सुविधाको लागि महानगरका वडाहरुमा सेवाग्राहीको संख्या बढिरहेको महानगरपालिकाले बताएको छ । 


महानगरको वडा ९ अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठका अनुसार कार्यालयमा अहिले दैनिक औसतमा २०० जना सेवा ग्राही आउने गरेको बताए । 


वडा अध्यक्ष श्रेष्ठले महनगरले साउन र भाद्रमा सम्पती करमा दिएको छुटको सविधा लिन यतिखेर सेवाग्राहीहरु बढेको जानकारी दिए ।


महानगरको राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले सम्पत्ति करमा दिइएको छुटसँगै यस बर्ष करको दायरा बढाउने उद्देश्यले बिगत बर्षमा करवापतको बक्यौता रकममा जरिवाना नलिने निर्णय समेत गरेको बताए । 


न्यौपानेका अनुसार करको दायरा बढाउने उद्देश्यले बक्यौता हुने करदातालार्य जरिवाना छुट गरेको छ । ‘क’ बर्गका भूकम्पबाट प्रभावित घरधनीलाई पहिले जत्रै आवासीय घर बनाउँदा लाग्ने नक्सापास दस्तुरमा पूरै छुट दिएको छ ।


कसैले व्यक्तिगत सम्पत्तिमा सार्वजनिक पार्किङ्का लागि स्थान उपलब्ध गराए सम्पत्ति करमा लाग्ने कर ५ बर्षका लागि छुट हुने व्यवस्था पनि गरेको न्यौपानेले बताए । 


त्यसैगरी बहाल करबाट बार्षिक १ लाख रुपैयाँसम्म मात्र आम्दानी हुनेलाई बहाल करमा छुट दिइएको छ भने नयाँ घर बनाउँदै कसैले परम्परागत शैली अबलम्बन गरेमा नक्सा स्वीकृतिमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।


धारा, बत्ती जडान गर्न शिफारिस लिन आउने करदाताले आफ्नो घर २१ सालको नापी नक्सामा घर उल्लेख भएको देखाउन सके १ हजार रुपैयाँमा शिफारिस दिने निर्णय गरिएको छ । 


अन्यकोे लागि यस शिफारिसका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने महानगरले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika