५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगरवासीको जन गुनासो सुन्न सुरु भयो कल सेन्टर


प्रकाशित: सोमवार, २३ जेठ २०७९, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमवारबाट महानगरवासीको जन गुनासो सुन्न कल सेन्टर सुरु गरेको छ । 


कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको महानरपालिकाले जनाएको छ । 


महानगरको १६ जेठमा बसेको महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षता बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय अनुसार आजबाट राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो । 


महानगरका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सकिने जानकारी दिए । 


कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ । कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएका उनले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex