काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ बटै वडाका महानगरवासीहरुको लागि कोरोना खोप लगाउन अस्पतालहरुको निर्धारण गरेको छ ।
महानगरपालिकाले जनाए अनुसार वडा १२,१३,१४,२०,२१ का लागि शुक्रराज ट्रफिकल तथा सुरुवा रोग केन्द्र टेकुमा खोप लगाउन सक्नेछन ।
वडा १६,१७,१८,१८,२४ र २५ वडा वासीहरुले क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा गएर खोप लगाउन सक्नेछन । त्यसैगरी १०,११, २८ र २९का वडा वासीहरुको लागी परोपकार प्रस्तुती तथा स्त्री रोग अस्पतालमा खोप केन्द्र तोकेको छ ।
वीर अस्पतालमा वडा २२, २३, २४, २७ र २८ का वासीहरुले कोरोना खोप लगाउन सक्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले वीरेन्द्र सैनिक छाउनी अस्पतालमा वडा १३,१४,१५र १९ का वासीहरुले खोप लगाउन सक्ने बताएको छ ।
फागुन २३ गते देखि २८ गतेसम्म खोप अभियान संचालन हुने भएकोले यी अस्पतालहरुमा खोप लगाउन महानगरपालिकाले आग्रह गरेको छ । खोप लगाउनका लागि ५५ बर्ष भन्दा माथि उमेर समूहकाले परिचय खुल्ने परिचयपत्र देखाएर खोप केन्द्रमा खोप लगाउन पाउने छन ।
त्यसैगरी सार्वजनिक यातायातका चालक तथा सहचालहरुहरु, महाविद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीहरुले खोप लगाउन सक्नेछन ।

Categorized in स्वास्थ्य