१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

महानगरले ‘अन द स्पट’ जरिवाना गर्न थालेपछि साउनमा उठायो १९ लाख बढि


प्रकाशित: सोमवार, ११ भाद्र २०८०, १३ः४० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ को पहिलो साउन (महिना) को राजस्व संकलन विवरण सार्बजनिक गरेको छ । 


काठमाडौँ महानगरपालिकाको यो महिना ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । 


महागनरले साउनमा प्रशासनिक दण्ड जरिवना र जफत शिर्षकमा १९ लाख ७६ हजार ४६३ रुपियाँ संकलन गरेको राजस्व विभाग प्रमुख धु्रव काफ्ले जानकारी दिए । 


उनका अनुसार प्रशासनिक दण्ड, जरिवाना जफत रकम विगत चार आर्थिक बर्षको तुलना गर्दा बढ्दो रुपमा रहेको छ । 


आ.व.२०७७/०७८ मा यस शिर्षकमा १५ हजार, ०७८/०७९ मा १३ लाख ३० हजार ३२४, ०७९/०८० मा २१ लाख ४० हजार ९७९ रुपियाँ रहेको छ । 


काठमाडौं महानगरमा स्वतन्त्र मेयर बालेन्द्र साह (बालेन) आएपछि प्रशासनि दण्ड, जरिवना र जफत रकममा बढेको देखिएको छ । 


पछिल्लो समय महानगरले नियम, विपरित गर्नेहरुलाई अन द स्पटमै जरिवना गर्ने गरेपछि यो शिर्षकमा जरिवना रकम बढ्दो छ । 

 


महानगरले सोमवार काठमाडौं महानगरपालिका ९ रातोपुलस्थित सडकमै निर्माण समान राखेको भन्दै स्थानीय रामुकमार थापालाई रु २५ हजार जरिवाना गरेको छ । 


हिजो आईतवार कोकाकोलामा अखाद बस्तु भेटिएकोमा कामपा २८ स्थित पुतलीसडकमा रहेको कालिन्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपियाँ जरिवाना गरेको छ । 

 


गएको बर्ष आ. व. २०७९/०८० को यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो । गएको बर्षभन्दा यस बर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको हो । 


आ व. २०७७/०७८ देखिका बर्षहरुको राजस्व संकलनको अङ्क क्रमशः बढ्दो क्रममा छ । त्यस बर्ष ९आ. व. २०७७/०७८० को पहिलो महिनामा २६ करोड ३९ लाख ५३ हजार ७१६ रुपैयाँ र आ. व. ०७८/०७९ को पहिलो महिना (साउन) मा ४३ करोड ५३ लाख ४३ हजार ९७१ रुपैयाँ संकलन भएको थियो । 


पहिलो बर्षभन्दा यो १७ करोड १३ लाख ९० हजार रुपैयाँ धेरै हो । आ. व. ०७८/०७९ को तुलनामा आ। व। ०७९/०८० को पहिलो महिनामा १ करोड ५६ लाख ४५ हजार ३६५ रुपैयाँ धेरै राजस्व संकलन भयो । 


विभाग प्रमुख काफ्लेका अनुसार प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घर बहाल करबाट ३१ करोड ६० लाख १८ हजार २२८ रुपैयाँ प्राप्त भएको छ । यसपछि ठूलो रकम प्राप्त हुने शीर्षक सम्पत्ति कर हो । 


यस शीर्षकमा १२ करोड ५८ लाख ४८ हजार ७७३ रुपैयाँ प्राप्त भएको छ । अन्य राजस्व शीर्षकहरुमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ् शुल्क, शिफारिस दस्तुर लगायत छन । यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, धरौटी सदरस्याहा, बेरुजु लगायत हुन ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex