काठमाडौँ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षममा महानगरका ५ वटा वडामा ढुङ्गा बिछ्याउने काम सकाएको छ ।
वडा नम्बर ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको १ हजार ४८५ वर्गमिटर मार्गको काम१ करोड २६ लाख ६० हजार रुपैयाँ लागतमा सकाएको हो ।
वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको १ हजार ८२५ वर्गमिटर मार्गमा ढुङ्गा विछ्याइसकिएको छ । यसको लागत १ करोड ५४ लाख ६८ हजार ८ सय रुपैयाँ हो ।
वडा नं. २१ को लगन चोकमा २ हजार ९२ वर्गमिटर क्षेत्रको काम १ करोड ३६ लाख २९ हजार ७२७ रुपैयाँ सकिएको छ । यसको लागतमा सकाउको हो ।
वडा नम्बर २६ को कुमारीकृपा मार्गको १ हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ५२० वर्गमिटर क्षेत्रको काम सम्पन्न भएको छ । यी दुईवटा सडकलाई एउटै प्याकेजमा काम गरिएको हो । यसको लागत ४४ लाख ८७ हजार ६ सय रुपैयाँ हो ।
सम्पन्न ५ वटा योजनावाट १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुङ्गा विछ्याइसकिएको छ । सम्पन्न योजनाका लागि महानगरपालिकाले अहिलेसम्ममा ४ करोड ६२ लाख ४६ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
वडा नं. ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा ढुंगा विछाउने काम जारी छ । सार्वजनिक खरिद प्रक्रियाबाट २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा काम सक्ने गरी निर्माण पक्षसँग सम्झौता गरिएको छ ।
जमलदेखि असनहुँदै इन्द्रचोकसम्मको ढुङ्गा छाप्ने काममा कमलाछी क्षेत्रमा काम सम्पन्न भएको छ । भोटाहिटी असनहुँदै इन्द्रचोकसम्मको निर्माण कार्य भइरहेको छ ।
त्यसैगरी, असनदेखि वीर अस्पताल, महावौद्ध हुँदै चित्तधर मार्ग र हनुमान ढोका दरबार क्षेत्रमा विद्युत भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ । विजुलीको तार भूमिगत गरेपछि ढुङ्गा विछ्याउने काम सञ्चालन गरिनेछ ।
सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ ।
21 Ferbury 2025, Friday
Categorized in पालिका