१३ बैशाख २०८१, बिहिबार
Header

महानगरले २० जनालाई सरसफाई तालिमको लागि थाईल्याण्ड पठाउने


प्रकाशित: शनिवार, १५ फागुन २०७७, १२ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयविच सरसफाई र स्वच्छताको लागि व्यवसायिक तालिम सञ्चालनको लागि सहमति भएको छ ।


शनिवार राष्ट्रयसभा गृहमा काठमाडौं महानगरपालिका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली र विश्वविद्यालयकातर्फबाट स्कूल अफ इञ्जिनियरिङ् डीन डा. डम्बरबहादुर नेपालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 


सम्झौता अनुसार महानगरले पठाएका २० जनालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ् कोर्स — पिएलसि) उपलब्ध गराउनेछ ।

 
यो तालिम थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटि) मा एक हप्ताको हुनेछ । तालिम व्यवस्थापनको लािग तालिम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयबाट १ जना र एआइटिबाट १ जना प्रतिनिधिसहित ३ जनाको समितिले गठन समेत गरिएको  छ । 


तालिमका लागि आवश्यक ८१ लाख रुपैयाँ खर्चमध्ये ५८ लाख रुपैयाँको दायित्व महानगरले लिनेछ भने बाँकी विश्वविद्यालयले व्यहार्नेछ । तालिम आउँदो मार्च ५ तारिखबाट (फागुन २१) गतेबाट सुरु हुनेछ । 


महानगरले तालिममा सहभागी हुनेको नाम फागुन २० गतेभित्र पठाइसक्नुपर्नेछ । उक्त सम्झौता महानगर प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितीमा भएको थियो । 


सो अवसरमा प्रमुख शाक्यले महानगरको फोहर व्यवस्थापन, सरफाई लगायतका विषया कुरा राखेको थिए भने विश्वविद्यालयका डिन नेपालीले महानगरसँग भएको यस सम्झौताले अफू खुसी भएको र सम्झौता बमोजिम कार्य सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD