१६ चैत्र २०८०, शुक्रबार
Header

महानगरले होर्डिङ बोर्डहरु हटाउन थाल्यो


प्रकाशित: शुक्रवार, ११ पुष २०७६, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरको नेतृत्वमा होर्डिङ् बोर्डहरु हटाउन थालिएको छ । 


महानगरभित्र रहेका ठुला होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटहरु शुक्रवारदेखि हटाउन थालिएको महानगरपालिकाले जनाएको छ ।  


बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले बताए । 


महानगरको सौन्दर्यीकरणलाई ध्यानमा राख्दै भत्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, व्यानरलगायतका सबै सामग्रीहरु हटाउने अभियानमा लागेको सापकोटाले जानकारी दिए । 


नेपाल पर्यटन बर्ष २०२० लाई समेत लक्षित गरेर महानगरले अहिले नियमन कार्यलाई तीब्रता दिएको छ । विहिवार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा सरोकारवाला निकायका अधिकारीबीच सहरी सुन्दरता कायम गर्ने काममा सघाउ पु¥याउन सबै पक्षलाई आग्रह गरिएको थियो । 


त्यसैगरी अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन समेत भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD