१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगरले स्वास्थ्यमा लगानी बढाएको छः प्रमुख शाक्य


प्रकाशित: मंगलवार, १८ माघ २०७८, १२ः४० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपािलका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले स्वास्थय क्षेत्रमा लगानी बढाएको बताएको छ । 


सोमवार महानगरले त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन खरिदको लािग चेक प्रदान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएका हन । 


शाक्यले भने,‘कोविड रोकथाम तथा नियन्त्रणका लागि सरकारी र सामुदायिक अस्पताललाई भेन्टिलेटर प्रदान ग¥यौ । आइसोलेसन र कोविड अस्पताल चलायौँ । त्यसैगरी विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्ने सरकारी र सामुदायिक अस्पतालाई सहयोग ग¥यौँ । हामीले काम गर्दा महानगरबासीसँगै सबै देशबासीको स्वास्थ्य उपचारलाई ध्यान दिएका छौँ ।’


प्रमुख शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गरेका हनु  । स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ । सम्झौतामा वेला यसको लागत करीव ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।


सटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालविच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो ।


सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, स्वास्थ्य संस्था दर्ता तथा नविकरण समितिका संयोजक दीपक के. सी. सहित पदाधिकारी सहभागी थिए । 


काठमाडौँ महानगर अन्य पालिकाको पनि अभिभावक हो । त्यसैले हामीले महानगरबासीसँगै देशबासी सबैमा सेवाको क्षमता पुग्ने गरी सहयोग गरेका छौँ । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो, ‘सीटी स्क्यान मेसिनको उपयोगबाट धेरै विरामीले सरल सेवा पाउनेमा विश्वस्त छु ।’


त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा. डा. दिव्यासिंह शाहकाअनुसार आधुनिक चिकित्सा विज्ञानमा सीटी स्क्यान नभइ नहुने हतियार हो । ‘दुर्घटना परेका व्यक्ति, मस्तिष्कघात भएका व्यक्तिको परीक्षणका लागि यो मेसिन नभइ हुँदै हुँदैन ।’ शाहले, विगत २ बर्षदेखि सीटी स्क्यानविहिन भएको अस्पताललाई काठमाडाँै महानगरले सहयोग ग¥यो । यो सहयोग अतुलनीय छ ।’
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex