२३ बैशाख २०८१, आइतबार
Header

महानगरले स्थायी वा अस्थायी घर, टहरा, छप्पर, सेड लगायतका संरचनाको कर निर्धारण गर्ने


प्रकाशित: मंगलवार, २३ असोज २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र कुनै व्यक्तिको नीजि स्वामित्वमा रहेको जग्गामा नक्सा पास गरी वा नगरी चौघारा हालि निर्माण भएको संरचनालाई घर मानी कर निर्धारण गरिने भएको छ ।


‘स्थायी वा अस्थायी घर, टहरा, टप्पर, सेडजस्ता संरचना समेतलाई समेत सम्पती कर प्रयोजनको लागि घर मानी निर्धारण गरिनेछ भन्ने व्यवस्था रहेको छ ।’ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा (६)को उपदफा (४) मा उल्लेख गरिएको महानगरपालिकाले जनाएको छ ।


महानगरको राजस्व विभागले मंगलवार ३२ वटै वडाका वडा सचिवलाई उल्लखे गरी जारी गरिएको पत्रचार गरी सोही अनुसार गर्न निर्देशन दिएको छ ।

 
करदाताहरुको सम्पति थप भएमा वा भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी हुँदा जग्गा वा भवनको क्षेत्रफल थप हुन गएको देखिएको सम्पति करण निर्धारण हुने जनाएको हो । 


‘सो अवसथा थप भएको क्षेत्रफलको कर निर्धारण हुँदा आउने रकममा मात्र जरिवना सहित कर असुल गरिने छ ।’ जारी सुचनामा उल्लेख छ । त्यसैगरी थप भएको क्षेत्रफलको भवन नक्सा स्वीकृत नभएको (अभिलेखिकरणको हकमा ) भए भवनको वडा कार्यालयको ईन्जिनियरले दिएको प्रतिवेदनको आधरमा भवन निर्माण इजाजत जारी भएको दुई बर्षपछिबाट हिसाव गरी कर निर्धाणरण गरिने छ । 


काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८० को दफा (२) को उपदफा (५) सो व्यवस्था उल्लेख भएको महानगरपालिकाले जनाएको छ । 


अभिलेखिकरण प्रयोजनको लागि घर/नक्सा स्वीकृत हुन आएमा e–Gps प्रणालीमा त्यस्ता नक्सा डिजाईन गर्नुु पूर्व कर दाखिला गर्नु पर्ने अनिवार्य व्यवस्था भएको जनाएको छ । 


‘अभिलेखिकरण माग गर्ने सेवा ग्राहीको जग्गामा भवन जन्य संरचना पहिले देखिनै हुने भएकोले मालपोत वा भूमिकर मात्र लिएर नक्सा दर्ता नहुुने वा गर्न नपाईने हुँदा वडा कार्यालयको इन्जिनियरद्धारा स्थलगत नापचाँज गरी प्राप्त प्राविधिक प्रतिवेदनको आधारमा प्राप्त क्षेत्रफललाई आधार लिई सम्पति कर निर्धारण गरी दाखिला भए पश्चात मात्र भवन÷नक्सा उक्त प्रणाली प्रविष्टि गर्नुपर्ने हुन्छ ।’ विभागले उल्लेख गरेको छ । 


सोही आधारमा कर निर्धारण गर्नका साथै नक्सा पास भएका हकमा भवन निर्माण सम्पन्नताको प्रमाणपत्रमा उल्लेखित क्षेत्रफल तथा सोही भवन थपघट भएमा प्राविधिक प्रतिवेदनको आधारमा सम्पति कर निर्धारण गर्न भनिएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD