१६ चैत्र २०८०, शुक्रबार
Header

महानगरले सुरु गरयो अस्पताल अनुुगमन, लक्षित वर्गको लागि छैन बेड


प्रकाशित: बुधवार, २४ जेठ २०८०, १२ः०५ बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरले महानगर क्षेत्रभित्र संचालित अस्पतालहरुको अनुुगमन सुरु गरेको छ । 


मंगलवार ओम अस्पताल र हेल्पिङ हेण्ड्स अस्पतालको अनुुगमन गरेपछि  स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले लक्षित वर्गको लागि छुुट्टै व्यवस्था गरिएको नभेटिएको बताएका छन । 


उनले भने,‘लक्षित बर्गको उपचारका लागि छुट्टै व्यवस्था गरिएको देखिएन । नागरिक वडापत्र स्पष्ट देखिएन । अस्पतालजन्य फोहोर व्यवस्थापनलाई प्रविधि र जोखिम न्युनीकरणका थप प्रयास गर्नुपर्ने देखियो ।’ 


अनुगमनको क्रममा लक्षित वर्गको उपचारका लागि निःशुल्क शय्या भए÷नभएको, चिकित्साजन्य फोहोरको व्यवस्थापन भएरनभएको, नागरिक वडा पत्र भएरनभएको, सेवाग्राहीमैत्री सेवा प्रवाह भए÷नभएको, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध भए÷नभएको लगायत विषय हेरिएको थियो । 


अनुगमनका क्रममा ओम अस्पतालमा निःशुल्क उपचारको लागि भनेर कुनै बेड छुुट्टएको नभेटिएपछि अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले लक्षित वर्गको उपचारको लागि माग नआएकोले वेड नछुुट्टाएको जानकारी दिए । 


हेल्पिङ् हेण्ड्स अस्पतालमा एक विरामी र अर्काे विरामी राख्ने शय्याको नजिक दुरीमा राखेको थियो । 


अनुगमन अधिकारीहरुले यसलाई सुधार गर्न निर्देशन दिएको छ । सेवाग्राही बस्ने ठाउँ नभएको, शय्याहरु पुराना भएको, सरसफाइमा कम भएको जनाउँदै अधिकारीले त्रुुटी सच्याउन सुझाव दिएका छन । 


लाजिम्पाटमा संचालिलत २५ शय्याको सिविक अस्पतालले भने लक्षित वर्गका लागि ३ वटा शय्या छुट्याएको पाएको अनुुगमनका गएका अधिकारीरुले बताए ।  


त्यसैगरी, बागबजारमा रहेको इएनटी अस्पतालले नागरिक वडापत्र राखेको छैन । लक्षित वर्गलाई उपलब्ध गराउनु पर्ने शय्या पनि नपाईएको अधिकारीहरुले जानकारी दिए ।


जन स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम, स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ स्वीकृत गरेको छ । यस मापदण्डको दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर अनिवार्य रुपमा निःशुल्क उपचार सेवा दिनु पर्ने व्यवस्था छ । 


यस अघि महानगर प्रमुख बालेन्द्र साह बालेनले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नतेलाई अस्पतालहरुले लक्षित वर्गलाई छुट्टाउने वेड (शैया) बारे विवरण महानगरलाई उपलव्ध नगराएको जानकारी गराउँदै कारवाही गर्ने चेतावनी दिएका थिए । 


तस्वीरः काठमाडौं महानगरपालिका 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD