१४ बैशाख २०८१, शुक्रबार
Header

महानगरले सिटी मार्केट सञ्चालनका लागि बोलपत्र आव्हान गर्ने


प्रकाशित: आईतवार, १७ साउन २०७८, १८ः५० बजे
- महानगरखवर

काठमाडौँ । शिलबन्दी गरिएको सिटी मार्केट पुरानो बस पार्क, सञ्चालनका एक बर्षका लागि बोलपत्र आव्हान गर्ने भएको छ । 


काठमाडौं महानगरपालिकाको ६५ औँ कार्यपालिका बैठकमा पेस भएको प्रस्तावमा सो निर्णय भएको हो । यस अघि मार्केटका विषयमा भएको अध्ययन शिफारिस प्रतिवेदनका आधारमा सो निर्णय भएको हो । 


बैठकमा राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले मार्केटमा भएका व्यवसायीले बहाल नतिरेपछि शिलबन्दी गर्नु परेको बताएका थिए । अधिकारका अनुसार ०७१ कार्तिक १४ गतेदेखि त्यसअघिका सञ्चालक सुरेन्द्र दाहालसँगको सम्झौता रद्द गरेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्का लगाउन महानगरले ०७३ फागुन ४ गते बोलपत्र आव्हान गरेको थियो । त्यसमा कसैको पनि प्रस्ताव दर्ता भएन ।


०७५ मंसिर ६ गते बसेको कार्यपालिकाको बैठकले वडाध्यक्ष भाइराम खड्गीको संयोजकत्वमा सुझाव समिति गठन गरेको थियो । समितिले न्युनतम एकीकृत अङ्क थ्रेसहोल्ड राखेर ठेक्कामा लगाउने सुझाव दियो । 


यसअनुसार त्यस बर्ष न्युनतम थ्रेस होल्ड मासिक १८ लाख ८३ हजार कायम भएको थियो ।


त्यस क्रममा डा. अधिकारीले ठूला २३ करदाताको नाम सार्वजनिक भएको र सम्पर्कमा नआए शिलबन्दीको तयारी रहेको बैठकलाई जानकारी दिएको थियो । 


महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन समते गरेको छ ।


खुल्ला मञ्चबाट बसपार्क हटाएर गएको बैशाख १६ पछि महानगरले सिटी यातायातलाई ‘पिक एण्ड ड्रप’ गर्न र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन भएपछि मध्यम दुरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म पूर्ववत यातायात सञ्चालन गर्न माग गर्दै आएका छन । 


यस ठाउँमा फेरि यातायात फर्काउन नसकिने भएपछि मध्यम दुरीका यातायातका लागि विकल्प अध्ययन गर्न कार्यदल गठन गरिएको बैठकमा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । 


समितिका सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले र नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटा छन ।


त्यसैगरी आकाशे पुलहरुको व्यवस्थापन गर्ने ठेक्केदारले राजस्व नतिरेपछि महानगरले गरेको ताकेतापछि करीब २ करोड रुपैया तिरेको विषय बैठकमा जानकारी गराइएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD