१५ बैशाख २०८१, शनिबार
Header

महानगरले सहरको सुन्दरता बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने


प्रकाशित: विहिवार, १७ फागुन २०८०, १७ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरको सुन्दरता बढाउनका लागि सार्वजनिक स्थलका भित्तामा चित्र कोर्ने भएका छन ।


महानगररले यसका लागि ललितकला प्रज्ञा प्रतिष्ठानसँग एक सम्झौता गरेको छ । 


महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य र ललितकला प्रज्ञा प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 


सम्भौता अनुसार पहिलो चरणमा माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय बिमानस्थल बाहिर, बानेश्र मीनभवन भित्त, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्त लेखनका लागि स्वीकृत भएका छन ।


सम्झौता अनुसार चित्र कोर्ने काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिनेछ । भित्तेचित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेश गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ । 


यस कार्यको लागि प्रतिष्ठानलाई महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौता भएपछि ६० प्रतिशत ३० लाख रुपैयाँ र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत २० लाख रुपैयाँ प्रदान गरिने सम्झौतामा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD