६ बैशाख २०८१, बिहिबार
Header

महानगरले व्यवस्थापन गरेको आईसोलेसनमा बस्न संक्रमितहरुलाई चिरीबाबुको आग्रह


प्रकाशित: मंगलवार, ११ जेठ २०७८, १८ः४० बजे
- अजय खड्गी

काठमाडौं । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले होम आईसोलसनमा बसेको कोभिडका विरामीलाई महानगरले व्यवस्थापन गरेको आईसोलेसनमा बस्न आग्रह गरेका छन ।


मंगलवार एक विज्ञप्ती जारी गरी महानगरले संकलन गरेको तथ्यांक अनुसार धेरै जसो संक्रमितहरु ‘होम आईसोलसन’ बसको पाईएको तर व्यवहारिक कठिनाई हुँदाहुँदै, व्यवस्थापनमा अप्ठेरो झेलेर होम आईसोलसनमा बस्नु संक्रमित स्वयं, परिवार र समुदायकको लागि स्वस्थ्यकर नहुने भएकोले संक्रमितलाई लक्षित गरी संचालनमा ल्याएको आईसोलेसनमा आएर स्वास्थय लाभ गरिदिन हुन प्रमुख महर्जनले आग्रह गरेको छ । 


महानगरले वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउन्डेशनको पोषण पुर्नस्थापना गृहमा एचडीयू सहितको ५० शैयाको आईसोलसन संचानल गरिरहेका छन । 


त्यसैगरी वडा ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको बृद्धाश्रम आननन्द निकेतन भवानमा ११० शैयाको आईसोलसन सञ्चालनमा रहेको र त्यहाँ पनि एचडीयु बेडसहित अन्य स्वास्थय सेवा थप गरिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 


प्रमुख महर्जनले यतिखेर सबैले आ–आफ्नो स्थानबाट स्वास्थ्य मापदण्ड पालना गरी अहिलेको महामाहरीबाट जोगिन निषेधाज्ञाको पालना गर्न र अग्रमपन्थीमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक तथा संचारकर्मीहरको कार्यको प्रशंसा समेत गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD