८ बैशाख २०८१, शनिबार
Header

महानगरले व्यवस्थापन गरेको आइसोलेसनमा बस्न प्रमुख शाक्यको आग्रह 


प्रकाशित: बुधवार, १९ जेठ २०७८, १४ः४० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड संक्रमितहरुलाई महानगरले व्यवस्थापन गरेको आईसोलसनमा बस्न आग्रह गरेका छन । 


प्रमुख शाक्यले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमित विरामीलाई काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको आइसोलेशन सेन्टरमा बस्न अनुरोध गरेको छ । 


सोमवार कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई आज चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा सम्वोधन गर्दै सो बताएका हुन । 


प्रमुख शाक्यले भने, ‘कोभिड संक्रमण भैहाल्यो र घरमा बस्न समस्या छ भने तपाईँहरु जुन वडामा बस्नु भएको छ, त्यही वडामा सम्पर्क गर्नुहोला, ।


काठमाडौँ महानगरपालिकाले ‘निशुल्क भोजन र अक्सिजनसहितको आइसोलसन सेन्टरमा राख्ने व्यवस्था गरेकोले आवश्यक परे त्यहाँ बस्न सकिने  प्रमुख शाक्यले बताए । 


सो अवसरमा प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले कार्यपालिकाको बैठक बसेर कोभिड संक्रमण दरलाई न्युनिकरण गर्ने र सजगता अपनाउँदा–अपनाउँदै संक्रमण भैहाल्यो भने उपचारका लागि अस्पतालसम्म पुगेपछि सहज उपचारको व्यवस्था होस भन्ने हेतूले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेको स्मरण गराए ।


महानगरले अहिलेसस चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३ थान भेन्टिलेटर सहयोग गरेको छ । 


त्यसैगरी महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई आजसहित २, जनस्वास्थ्य सरोकार ट्रष्ट ( काठमाडौं मोडल अस्पताल) लाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिसकेको  छ ।


यसैविच सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सर्तसहित क्षत्रपाटीको निशुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरेर सेवा प्रदान गरिरहेको समेत प्रमुख शाक्यले जानकारी दिए ।  


नरदेवी आर्योवेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रुपमा विकास गरेर संचालनमा ल्याएको छ । 


सो कार्यक्रममा काठमाडौँ महानगरपालिकाकाका उपप्रमुख हरीप्रभा खड्गी पनि उपस्थिती रहेको थियो । हेल्पिङ हेन्सका कार्यकारी प्रमुख गुप्तबहादुर श्रेष्ठले ७७ जिल्लाकै विरामी उपचार गर्न आउने अस्पतालमा महानगरपालिकाले गरेको सहयोग अतुलनीय बताए । 


काठमाडौँ मोडल अस्पतालका कार्यकारी निर्देशक डाक्टर राजेशध्वज जोशीले काठमाडौँ महानगरपालिकाले गरेको सहयोगको सदुपयोग गर्दै धेरै भन्दा धेरै विरामीलाई सेवा दिने प्रतिवद्धता व्यक्त गरे । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD