३ जेठ २०८१, बिहिबार
Header

महानगरले लिएको छात्रबृत्ति परीक्षामा चार हजार ५५१ जना उतीर्ण (सुचिसहित)


प्रकाशित: मंगलवार, २३ साउन २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले छात्रबृत्ति अध्ययनको लागि लिएको कक्षा ११ को प्रवेश परिक्षाको अन्तिम नतिजा प्रकाशित गरिएको छ । 


मंगलवार महानगरले प्रकाशित गरेको नतिजा अनुसार विज्ञान संकायमा ३ हजार ४९३ जनाको नाम प्रकाशित गरिएको छ । 


त्यसैगरी, व्यवस्थापन संकायमा ८६७, मानविकीमा ४ जना, शिक्षामा ५, कानुन संकायमा ५२ र प्रविधिमा १३० जना विद्यार्थीहरको नाम प्रकाशित भएको हो । 


कुल चार हजार ५५१ जना छात्रबृत्तिको कोटामा सफल भएको छ । यस अघि प्रवेश परीक्षामा ५ हजार १६२ जना विद्यार्थी सहभागी भएका थिए ।  


महानगरपालिकाभित्र छात्रवृत्ति प्रदान गर्ने १६६ वटा उच्च माध्यमिक विद्यालय रहेको शिक्षा अधिकारी सीताराम कोइरालले जानकारी दिए ।

 

नतिजा हेर्न यहँ क्लिक गरौं 

 

छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९ प्रतिशत प्रदान गरिनेछ । 


त्यसैगरी ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । 


बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३ प्रतिशत, आदिबासी र जनजातिलाई १५प्रतिशत, मधेसीलाई १२ प्रतिशत, खसआर्यलाई १७ प्रतिशत आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइनेछ ।

 

दलितलाई ९ , मुस्लिमलाई २, थारुलाई ४, अपाङ्गता भएको व्यक्तिलाई  २, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशित छात्रवृत्ति दिइनेछ । 


पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD