३० बैशाख २०८१, आइतबार
Header

महानगरले ललिता निवासको जग्गामा भवन निर्माण स्वीकृति नदिने


प्रकाशित: सोमवार, १८ असार २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासमा भवन निर्माणको स्वीकृति नदिने भएको छ । 


महानगरले सोमवार एक सुचना जारी निवास र सोले चर्चेको जग्गामा भवन निर्माण स्वीकृति नदिने र सो क्षेत्रमा भवन निर्माण गर्न रोक्क समेत गरिएको बताएको छ । 


काठमाडौं महानगरपालिका वडा ४ बालुवाटारस्थित ललिता निवास र सो क्षेत्रमा अवदेखि कुनै पनि निर्माण स्वीकृत नदिने, निर्माण सम्पन्नता प्रमाणपत्र जारी नगर्ने र यदि कुनै संरचना निर्माण भईरहेको छ भने निर्माण रोक्न महानगरले निर्देशन दिएको हो । 


जारी सुचनाको बर्खिलाप भए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस किसिमको भवन भत्काईने र भत्काउँदा लागेको खर्च समेत सम्बद्ध घरधनीबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी समेत दिएको छ । 


ललिता निवास जग्गा प्रकरणमा आईतवारसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबाहदुर गुरुङसहित ७ जना पक्राउ परेका छन ।


सो सरकारी जग्गा र्कीते गरी व्यक्तीको नाममा सार्न खोज्नेहरुलाई केन्द्रिय अनुसन्धान व्यूरोले पुन अनुसन्धान अघि बढाएपछि सो प्रकरणमा संलग्नहरु धमाधम समातिदैछ । 


महानगरले महानगर क्षेत्रभएका सरकारी जग्गा संरक्षण स्थानीय निकायको भएकोले ललिता निवास जग्गामा तारबार लगाउने कार्य अघि बढाएसँगै भवन निर्माण लगायको कार्य रोक्का गरेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD