४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगरले मनायो २७ औं महानगर दिवस (फोटो फिचर)


प्रकाशित: बुधवार, २९ मंसिर २०७८, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले विभिन्न सम्मानका कार्यक्रहरुका साथ २७ औं महानगर दिवश मनाएको छ ।

 
सोमवार काठमाडौंको बसन्तपुरमा एक विशेष कार्यक्रमको आयोजना गरी २२० जना परम्परागत बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँको चेकसहित सम्मान गरिएको थियो ।

 
यसै गरी व्यवसाय, बहाल र सम्पत्ति करतर्फ नियमित र धेरै कर तिर्ने करदातालाई करदाता सम्मान गरिएको थियो भने स्थानीय सेवा पदक, महानगर गौरव पदक वितरण, साधना प्रधान अग्रणी महिला सम्मान, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, महानगर सेवा पुरस्कार, महानगर सेवा गौरव पुरस्कारसहित सम्मान र पुरस्कार वितरण गरिएको थियो ।

 


समारोहमा महानगरका गतिविधिहरुलाई महानगरवासीमा समाचार प्रकाशन तथा प्रशारण गर्ने १० जना पत्रकारहरुलाई ‘सुशासन पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको थियो । सो मध्ये एउटा संस्थालाई संस्थागत रुपमा पुरस्कार प्रदान गरिएको थियो । 
यस्तै रानी पोखरी पुननिर्माण सहजीकरणका लागि गठित स्थानीय उपभोक्ता समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रमका प्रमुख अथिति रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा चित्रकार हरिप्रसाद शर्माले कोरेका काठमाडौँ उपत्यकाका संस्कृति, सम्पदा र परम्परा झल्किने चित्रहरुको संगालो सार्वजनिक गरेका थिए । 

 


सो अवसरमा महानगर प्रमुख शाक्यले प्रहरी बलले प्रयोग गर्ने वडी वन क्यामराको शुभारम्भ गरेका थिए । 


सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली स्वागत मन्तव्य दिदै विद्युतीय प्रणालीको विकास गरेर जनतालाई घरबाटै सेवा लिन सक्ने पद्धति विकासको क्रममा रहेको उल्लेख गरेको बताए । 


जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य, नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले काठमाडौं महानगरले गरेको योगदानहरुको चर्चा गरेका थिए । 


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले महानगरले विकास र व्यवस्थापनका नयाँ अभ्यास प्रयोग गर्दै जानु पर्ने र अन्य पालिकाहरुले महानगरबाट सिक्नुृ पर्ने भएकोले यसैअनुरुपको प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका थिए । 

 


२७ गतेबाट महानगरले तिन दिन विविध कार्यक्रमरु संचालन गरी महानगर दिवस मनाउन सुरु गरेको थियो । दिवसका अवसरमा विभिन्न ४० वटा वुथबाट सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप, मधुमेह, रक्तचाप र कोविड परीक्षणसहितको वृहत स्वास्थ्य शिविर, विशेष सरसफाई, वाकथन, मैत्री फुटबल खेल, ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ विषयमा विद्यालय स्तरीय वक्तृत्वकला र निबन्ध लेखन प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए ।

 


महानगर दिवसको औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

 

 

 

तस्वीहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika