८ बैशाख २०८१, शनिबार
Header

महानगरले भन्यो– ‘नेपाल भाषाको पाठ्यक्रम अनिवार्य पढाउनुु’


प्रकाशित: विहिवार, २५ जेठ २०८०, १४ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको विद्यालयहरुमा नेपाल भाषाको पाठ्यक्रम अनिवार्य रुपमा पढाउन निर्देशन दिएको छ । 


महानगरद्धारा लागु गरिएको स्थानीय पाठ्क्रम अन्तर्गतको नेपाल भाषाको पाठ्यक्रम ‘येँ देय् म्हसिके आधारभूत तह कक्षा ८ सम्म अनिवार्य रुपमा पठनपाठन गराउनु पर्ने छ । 


सो कुरालाई स्मरण गराउँदै महानगरले राष्ट्रिय पाठय्क्रम प्रारुप, २०७६ ले गरेको प्रावधान अनुरुप पठन पाठन गर्न अनुरोध गरिएको शिक्षा अधिकारी सीताराम कोईरालले बताए । 


साथै संस्थागत विद्यालयहरुले नेपाल भाषा अध्यायपन गर्ने शिक्षकको नामनामोसी र दैनिक कार्यतालिकाबारे विभागमा पठाउन जानकारी गरिएको कोईरालले भने । 


काठमाडौं महानगरका पुर्व प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा महानगरभित्र सञ्चालिन सबै सामुदायिक तथा संस्थागत विद्यालहरुमा स्थानिय पाठ्यक्रम नेपाल भाषा शिक्षण लागु गरिएको थियो । 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD