७ भाद्र २०८३, आइतबार
Header

महानगरले फिल्म हललाई मनोरन्जन कर तिर्न १५ दिने अल्मिेटम दियो


प्रकाशित: सोमबार, २ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र हललाई भाद्र १७ गते भित्र मनोरन्जन कर दिन अल्टिमेटम दिएको छ । 


महानगरले सुचना जारी गर्दै चलचित्र घरहरुले मनोरञ्जन शुल्क बापतको कर बुझाउन सम्पर्कमा आउन भनेको छ ।  महानगरभित्र ४२ वटा सिनेमा घर छन । 


गएको बर्ष आर्थिक बर्ष २०७५/०७६० मा ४ वटा हलले मात्र कर तिरेकोराजस्व बिभागका प्रमुख नुरनिधि न्यौपाने बताए । 


न्यौपानेले भने, ‘टिकट बिक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका हौं ।’ 


गएको बर्ष ४ वटा हलले मनोरञ्जनवापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको न्यौपानेले बताए । 


प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ । 


यो व्यवस्था पालना हुनु त कता हो कता, गएको बर्ष तिर्नु पर्ने कर तिर्न समेत चासो देखिएन, बिभागीय प्रमुख न्यौपानेले थप्दै भन्नुहुन्छ — ऐनको दफा ४ ९३० बमोजिम हामीले चलचित्र घरहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं ।

सूचनाको व्यहोरा यस्तो छ —


चलचित्र घरहरुलाई मनोरञ्जन कर तिर्न आउने सम्बन्धी अत्यन्त जरुरी


प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५५ ले हुन आउने रकम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र काठमाडौं महानगरपालिकामा बुझाउनु पर्दछ ।


यसै व्यवस्थाबमोजिम चलचित्र घरहरुलाई कर रकम बुझाउन पटक पटक पत्राचार गरि सकिएको छ । यति गर्दा पनि अहिलेसम्म पनि आर्थिक वर्ष २०७५/०७६ मा मनोरञ्जन कर बापत दर्शकहरुबाट लिएको रकम स्थानीय सरकार ९यस काठमाडौं महानगरपालिका० मा दाखिला हुन नआएकोले यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । यसै सूचनासँगै सम्बन्धित चलचित्र घरहरुलाई आफूले चलचित्र प्रदर्शन गर्ने क्रममा बिक्री गरेको टिकटको विवरणसहित भाद्र १७ गते ९भाद्र ३ गतेबाट १५ दिनभित्र० मंगलबारभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग, बबरमहलमा सम्पर्क गरी मनोरञ्जन कर बुझाउनु हुन अनुरोध गरिन्छ । ऐनको दफा ४ ९३० बमोजिम गत आर्थिक वर्षको बक्यौता रकमसमेत भुक्तानी गर्नुपर्नेछ ।


यो सूचनाको ख्याल नगर्ने तथा दर्शकहरुसँग मनोरञ्जन कर बापत असुल गरी सकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र घरहरुलाई नियमानुसार कारबाही हुने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।


काठमाडौ महानगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
राजस्व विभाग

asteriskhubs
Home Page Bottom Second


maharjan complex