काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को पुस महिनासम्म घर बहाल करबाट १ अर्ब १८ करोड १५ लाख ५१ हजार ४१८ रुपियाँ ४९ पैसा राजस्व आम्दानी गरेको छ ।
महानगरले चालु आ.व.को पुसमहिनासम्म ४ अर्ब ५६ करोड ६२ लाख ९७ हजार १२ रुपियाँ २४ पैसा राजस्व असुलेको माहानगरको राजस्व विभागले जनाएको छ ।
महानगरले विभिन्न ३३ वटा शिर्षकमा आम्दानी गरेको देखाएकोमा सबैभन्दा बढि रकम घर बहाल करबाटै उठाएको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।
Categorized in स्थानिय