१३ बैशाख २०८१, बिहिबार
Header

महानगरले पुरानो बसपार्कका सिटी मार्केटका ११२ पसलमा लगाईदियो ताला


प्रकाशित: विहिवार, २ बैशाख २०७८, १८ः५५ बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले पुरानो बस पार्कमा रहेको सिटी मार्केका पसलहरुमा ताला लगाई दिएको छ । 


महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार १ सय १२ वटा पसलमा ताला लगाइदिएको हो ।

 


महानगरपालिकासँग लामो समयदेखि कुनै सम्झौता नगरेको र पटक –पटक सुचना जारी गरी हटाउन आग्रह गर्दा पनि नमानेपछि पसलमा तालबन्दी गरिएको अधिकृत ज्ञवालीको भनाई छ । 


पसलेहरुसँग पटक–पटक ताकेता गर्दा पनि त्यसको वेवास्ता गर्दै पसल बन्द नगरेपछि बाध्य भएर शिलबन्दी गरेको उनले बताए । 

 

 


महानगरपालिका राजस्व विभाग प्रमुख डा. शिव अधिकारीले  सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको बताए ।


विहिवार प्रहरी र नगर प्रहरीले सिल गर्ने क्रममा पसलेहरुले विरोध पनि गरेका थिए । विना सूचना हटाएको व्यापारीहरुको भनाई छ । 

 


तस्वीर सौजन्यः मोहन बाँस्तोला

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD