६ भाद्र २०८३, शनिबार
Header

महानगरले धरहरामा जबरजस्ती पार्किङ गर्नु विधिको शासन उल्लघंन होः मन्त्री गुरुङ


प्रकाशित: सोमवार, २२ माघ २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । सहरी विकास मन्त्री सीता गुरूङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ रोक्नु पर्ने बताएकी छिन । 


मन्त्री गुरुङले सोमवार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग गरेको कुराकानीमा सो कुरा बताएकी हुन । 


निर्माण सम्पन्न नभई महानगरले जबरजस्त रूपमा पार्किङ गर्नु विधिको शासन उल्लंघन गरेको उनले भनिन ।

 
धरहराको निर्माण कार्य पूरा नहुँदै महानगरले जबरजस्ती ढंगले पार्किङ गर्ने व्यवस्था गरेको बताउँदै नरोके परिणाम राम्रो नहुने चेतावनी समेत दिएकी छन । 


सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै मन्त्री गुरूङले महानगरपालिकालाई यस्तो चेतावनी दिएकी हुन्। 


उनले भनिन, ‘पार्किङ गर्न जाँदा अक्सिजन नपुगेर क्षति भयो भने कसले व्यहोर्ने? निर्माण व्यवसायीहरूले हामीलाई हस्तान्तरण गरेको अवस्था छैन। निर्माण सम्पन्न भएपछि हामीले महानगरपालिकासँग छलफल गरेर वा कार्यविधि बनाएर सञ्चालन गर्ने कुरा छ ।’ 


महानगरले समन्वय र छलफल नगरी एकलौटी रूपमा पार्किङ गर्नु सान्दर्भिक नभएका पनि पत्रकारहरुलाई बताइन । 


धरहरा तीन महिनाभित्र सक्ने गरी निर्माण व्यवसायी र आयोजनासँग सहमति भएर काम भइरहेको अवस्थामा महानगरपालिकाले जबरजस्ती समस्या खडा गरेको बताइन । 


यस अघि सहरी मन्त्रालयले महानगरलाई पत्रचार गरी धरहरामा गरेको पार्किङ रोक्न आग्रह गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex