२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

महानगरले धमाधम जफत गर्न थाले पानीका जारहरु


प्रकाशित: सोमवार, १८ भाद्र २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बजारमा पाइने पानिका जारको गुणस्तर भए/नभएको अनुुगमनलाई तिव्र बनाएको छ ।


महानगरले वडा नं.३२ जडीवुटीबाट कागेश्वरी मनोहरा सडक खण्डमा अनुगमन गर्ने क्रममा १५ वटा खाली, १६ वटा भरिएका, लेवल बिनाको एउटा गरेर ३२ वटा जार जफत गरिएको जनाएको छ । 


बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले व्यवसायीले पानी भर्न प्रयोग हुने जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालेको हो । 


अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा शंकै शंका देखिएको चेकचाँजमा संलग्न अधिकारीले बताएको छ ।


कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा। अवधेश झाकाअनुसार, पानी बोकेर आउने ११ वटा ट्रिपर रोकेर पानी र जारको अवस्था हेरिएको थियो ।


चेकजाँचमा जारहरु कुच्चिएर, चुहिने, फुटेको, पानीको बिल र चलानी नभएको देखिएको थियो । 


कागेश्वरी मनोहरा क्षेत्रमा भएका १ दर्जन बढी उद्योगको पानी यही नाका भएर सहरमा वितरणका लागि ल्याउने गरिएको छ । 


यस अघि चावहिलबाट क्षेत्रमा अनुगमन गरिएको थियो । पानीको जारमा कीरा भेटिएको गुनासो लिएर उपभोक्ताहरु विभागमा आउन थालेका छन । 


वितरण प्रणालीबाट आएको पानीमा विश्वाश नगरेर उपभोक्ता जारको पानीमा निर्भर भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex