६ बैशाख २०८१, बिहिबार
Header

महानगरले थाल्यो कर अनुगमन


प्रकाशित: सोमवार, ९ चैत्र २०७७, १९ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आईतबारदेखि कर अनुगमन सुरु गरेको छ । 


काठमाडौँ महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीको नेतृत्वमा नयाँ सडक क्षेत्रको बजार तथा लाजिम्पाटदेखि पानी पोखरी हुँदै महाराजगञ्जसम्म मुल सडक किनारामा अनुगमन गरिएको थियो । 


अनुगमनको क्रममा केही स्थानमा भाडा दर निकै तलमाथि पाइएको विभाग प्रमुख अधिकारीले बताएका छन । अधिकारीले भने,‘ एउटै घरका दुईवटा सटरको भाडा दर धेरै रकमले भटिएको छ । एउटा सटरको भाडा १० हजार रुपैयाँ, अर्कोको २० हजार रुपैयाँ र छिमेकीको ४० हजार रुपैयाँ छ ।’


भाडा दरमा देखिएको फरकलाई राजस्व असुली र राजस्व प्रशासनका कोणबाट गम्भीरताका साथ हेरेका अधिकारीले बताए ।  अनुगमनका क्रममा कर तिर्नेलाई धन्यवाद पत्र र नतिर्नेलाई विभागमा हाजिर हुने पत्र थमाउने गरिएको छ । 


व्यवसाय दर्ता नगर्ने, वहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई ७ दिनको समय दिएर विभाग बोलाइएको हो ।


व्यवसाय दर्ता र नविकरण, बहाल कर, सम्पत्ति करलगायत महानगरलाई तिर्नु बुझाउने पर्ने कर तिरे नतिरेको अनुगमनका क्रममा हेरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD