६ बैशाख २०८१, बिहिबार
Header

महानगरले थाल्यो एन्टिजेन परीक्षण, आज यी केन्द्रहरुमा


प्रकाशित: शनिवार, १५ जेठ २०७८, १४ः०० बजे  
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रवारबाट एन्टिजेन परीक्षण सुरु गरेको छ । 


हिजो ९ सय ५७ जनामा एन्टिजेन विधिबाट गरिएको कोविड परीक्षणमध्ये ६४ जनामा पोजेटिभ देखिएको महानगरपालिकाले जनाएको छ । 


परीक्षणमा ४ सय ५३ महिला र ५ सय ४ जना पुरुष सहभागी भएका थिए । उहाँहरुमध्ये ३० जना महिला र ३४ जना पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको हो ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रबाट परीक्षण सुरु गरेको हो ।  


तत्काल रिपोर्ट आउने भएकोले पोजेटिभ देखिएका विरामीलाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले बताए । 


शनिवार वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । त्यस्तै आईतवार जेठ १६ गते वडा १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने कोविड सम्पर्क अधिकारी ज्ञानबहादुर ओलीले जानकारी दिए ।


जेठ १७ गते सोमवार ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ वडा र जेठ १८ गते मंगलवार ७, ९, १३, १५, २६, २९ र ३१ वडाका तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।


समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षणका दायरालाई बढाएको महानगरले बताएका छन ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD