२६ बैशाख २०८१, बुधबार
Header

महानगरले जुद्ध वारुणयत्रन्त्र भवन पुननिर्माण गर्ने प्रक्रिया सुरु गरे


प्रकाशित: शनिवार, ९ असोज २०७८, १५ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले जुद्ध वारुणयन्त्र भवन पुननिर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । 


न्युरोडमा रहेको पुरानै भवन भत्काएर पुरानै शैलीमा नयाँ निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ । 


शनिबार एक सूचना निकालेर प्राविधिक प्रस्तावमा पास भएका ९ कम्पनीको असोज १५ गते आर्थिक प्रस्ताव खोल्न लागेको बताए । 


करिब ८ करोड रुपैया खर्चेर जुद्ध वारुणयन्त्र भवन निर्माण  प्रक्रिया अघि बढाएको हो । 


प्राविधिक प्रस्तावमा पास भएको निर्माण कम्पनीहरुमा वल्र्डवाइड–सुशन जेभी, ड्रागन–रमिता कन्स्ट्रक्सन, महालक्ष्मी–बटु सफल जेभी, तुल्सी कन्स्ट्रक्सन, प्राकृतिक–सानु सुवाल–पवन जेभी, बाबुरत्न कन्स्ट्रक्सन रहेका छन । 


त्यसैगरी पीआर–वागमती जेभी, नव सिर्जनशील कन्ट्रक्सन कम्पनी प्रालि, गौरी पार्वती–के एण्ड केजी जेभी पास भएका छन ।  सबैभन्दा कम कबोल गर्ने कम्पनीले भवन निर्माणको जिम्मा पाउनेछ ।


डेढ वर्षमा भवन निर्माण पुरा गर्नु पर्ने सो भवन महानगरका इन्जिनियर प्रेम श्रेष्ठका अनुसार पुरानै शैलीमा भवन निर्माण हुनेछ । पुरातत्व विभागले कायम गरेको मापदण्ड पालना गरेर भवन निर्माण हुनेछ । 


अगाडिपट्टी वसन्तपुर पर्ने भएकाले पुरानै शैलीमा निर्माण गर्न लागिएको हो । पछाडि भने पिल्लर प्रयोग गरेर कंक्रिट संरचना निर्माण हुनेछ ।


भवन वसन्तरपुरतर्फ अहिले दुई तला मात्रै रहेका कारण सोही अनुसार दुइतलाको हुनेछ । 


जुद्ध वारुणयन्त्र संग्रहालयसमेत २०७२ आएको विनाशकारी भूकम्पले क्षति पुराएको छ ।  

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD