१५ चैत्र २०८०, बिहिबार
Header

महानगरले चैत्र महिनमा पार्किङ शुल्क रु ४८ लाख उठाउँदा, घर बहाल कति उठायो ?


प्रकाशित: मंगलवार, ५ बैशाख २०८०, १२ः१९ बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत चैत्र महिनामा महानगरक्षेत्र भित्र पार्किङ शुल्क रु ४८ लाख ६४ हजार २६६ रुपियाँ ४ पैसा उठाएको छ । 


गत आ.व.को चैत्र महिनासँगै तुलना गर्दा ५६.७३ प्रतिशत हो । महानगर गत आ.व.को चैत्र महिनामा २१ लाख ४ हजार ६०३ रुपियाँ ७२ पैसा संकलन गरेको थियो । 


काठमाडौं महानगरपालिकाले चालु आ.व. २०७९/०८० को चैत्र महिनाको राजस्व संकलन विवरण सार्वजनिक गरेको छ । 


महानगरले चैत्र महिनाको घर बहालकर १३ करोड ७६ लाख ८६ हजार ७७२ रुपियाँ असुल गरेको छ । गत आ.व.को चैत्र महिनासँग तुलना गर्दा ५.६ प्रतिशतले घटेको हो । 


गत बर्षको चैत्रमा १४ करोड ४७ लाख ९२ हजार १९१ रुपियाँ बहाल कर उठाएको थियो । 


चैत्र महिनाको अघिल्लो आ. व सँग तुलना गर्दाको प्रगति यस आवको चैत्र महिनामा १० करोड ७४ लाख २१ हजार ७ सय ५३ त्रिपन्न बढि कर शुल्क जरिवाना र दस्तुर संकलन भएको छ । 


अघिल्लो उहीँ महिना सँगको तुलनामा २२.८३ प्रतिशत वृद्धि भएको महानगरपालिकाले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD