१२ श्रावण २०८१, शनिबार
Header

महानगरले चाहेर पनि प्रभावकारी बजार अनुगमन गर्न सकेनः उपप्रमुख डंगोल


प्रकाशित: बुधवार, १ चैत्र २०७९, १९ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौ महानगरपालिकाका कार्यकारी प्रमुख सुनिता डंगोलले महानगरले चाहे पनि अधिकारको सिमितताको कारण बजार अनुगमन प्रभावकारी हुन नसकेको बताएकी छिन । 


बुधवार विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुगमनको नाममा केही अधिकार स्थानीय नियकालाई दिएको छ, थप अधिकारहरु अन्य कार्यलयलाई दिएपछि स्वच्छ बजार निर्माण गर्न कठिन भएको गुनसो राखिन । 


स्वच्छ बजार स्थापना गर्न छरिएर रहेका अधिकार तथा व्यक्तिगत स्वार्थले नतिजा देखाउन कठिन परेको उनको भनाई थियो । उपप्रमुख डंगोलले अनुगमनमा निष्पक्षता र अधिकारको प्रयोगमा सहकार्य एवं समन्वयबाट मात्र उपभोक्ताले महसुस गर्न सक्ने परिणाम ल्याउन सकिने धारणा राखिन ।

 


महानगरले खाद्यान्न, तरकारी, फलफुल, दूग्ध पदार्थ, माछामासु तथा दुग्ध पदार्थमा हुन सक्ने मिसावट र अनुचित व्यापारिक लाभ हुन नदिन महानगरपालिका सचेत भएर अनुगमनको काम गरिरहेको सो अवसरमा उपप्रमुख डंगोलले जानकारी दिईन । 


उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा गरेका मूल समारोह नेपाल सरकारका मूख्य सचिव शंकरदास बैरागीले स्वच्छ र गुणस्तरीय सेवा तथा बस्तु प्राप्त गर्न पाउनु सबैको अधिकार भएकोले यसलाई समान सोच, साझा कार्यक्रम, संयुक्त लगानी र सामुहिक प्रतिवद्धताका साथ अगाडि बढाउनु पर्ने बताए । 


सो अवसरमा उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र ढकाल, प्रेमलाल श्रेष्ठ, ज्योती बानियाँ, माधव तिमल्सिना, विमला खनाल, चन्द्र साउदले आ–आफ्नो विचार राखेका थिए । 


यो बर्ष स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तिकरण नारासहित दिवसका कार्यक्रम आयोजना गरिएका छन । 


अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ. केनेडीले सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनौट गरी उपभोक्ताका ४ वटा अधिकार प्राप्तिका लागि अमेरिकी कंग्रेसमा प्रस्ताव राखेका थिए । यो प्रस्ताव मार्च १५ तारिखका दिन अनुमोदन भएकोले यसै दिनलाई उपभोक्ता अधिकार दिवसका रुपमा मनाउन थालिएको हो ।


तस्वीरः काठमाडौं महानगरपालिका (समाचारभित्र)

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex