काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले चाहदैनमा ठुला पूर्वाधार निर्माण गर्न नसक्ने बताएका छन ।
आईतवार २७ औं महानगर दिवश मनाउने तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञाशालाई सम्बोधन गर्ने क्रममा सो बताएका हुन ।
प्रमुख शाक्यले संघीय सरकारको कारण ठूला पूर्वाधार बनाउन नसकेको गुनासो सुनाए । पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न खोजेपनि मोनोरेल चलाउन महानगर एक्लेले चाहे नसक्ने अवस्था देखिएको बताए ।
शाक्यले भने,‘संघीय सरकारबाट अनुमति नपाउँदा भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि हामीले अघि बढाउन सकेका छैनौं ।
चक्रपथ विस्तार नसकिँदा मोनोरेलको काम पनि अघि बढाउन नसेकको उल्लेख गर्दै उनले भने, ‘अहिले मेट्रोमा जानुपर्ने कुरा पनि छ, भविष्यमा यसबारे थप अध्ययन हुँदै जाला ।’
तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भएको उनको भनाई थियो ।
बागदरबार लगायतका केही सम्पदा पुर्ननिर्माणका विषयमा मुद्दा परेका कारण ढिलाइ भएको बताए । महानगरले अहिले टेकुस्थित महानगरपालिका प्रशासकीय भवन निर्माण सुरु भएको जानकारी दिए ।
Categorized in स्थानिय