२० बैशाख २०८१, बिहिबार
Header

महानगरले चार हजार ९३८ कुकुर तथा विरालोको बन्ध्यारकण गरे 


प्रकाशित: सोमवार, २१ फागुन २०८०, २०ः५० बजे 
- महानगरखबर

कठमाडौं । काठमाडौं महानगरपालिको एकसय विस दिन (४ महिना)मा चार हजार ९३८ वटा सामुदायिक कुकुर तथा विरालोको बन्ध्याकरण गरेका छन । 


महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले सो जानकारी दिँदै एघार हजार ३०८ वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप पनि दिएको बताए ।

 
‘यही गतिमा काम गरेर अब ३ देखि ४ बर्ष भित्र सामुदायिक कुकुर र विरालो सबैको संख्या घटाउदै जानेछौ  ।’ प्रमुख बालेनले भने । 


उनले आफूहरुले सोचे जस्तो धेरै कुकुर र विरालो नभेटेको उल्लेख गरेका छन ।  


उनले भने,‘हामीले सोचेजस्तो धेरै कुकुर र विरालो‘को संख्या भेटिएन । टोलमा भेटिएका कुकुर विरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्र्थापना गरिरहेका छौँ । बन्ध्याकरण गरिएका कुकुर विरालोको एअर नोच (कानमा सानो चिन्ह) लगाएको छ ।’ 


एअर नोच नभएका कुकुर विराला देख्नुभयो भने हाम्रो कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरेर जानकारी गराउन उनले आग्रह समेत गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD