२४ बैशाख २०८१, सोमबार
Header

महानगरले घरपालुवा कुकुर र बिरालोमा ‘माइक्रो चिप्स’ राख्दै


प्रकाशित: विहिवार, १४ मंसिर २०८०, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ ले आगामी दिनमा घरपालुवा कुकुर र विरालोमा ‘माईक्रो चिप्स’ राख्ने तयारी गरेको बताएका छन । 


‘घर पालुवा जनावरको हकमा भने घर धनी आफैले बन्ध्याकरण र खोपको व्यवस्था मिलाउन हामी अनुरोध गर्न चाहन्छौ । यसका साथै घरपालुवा कुकुर र बिरालोलाई ‘माइक्रो चिप्स’ जडान प्रक्रियामा छौँ,‘ उनले भने,‘ त्यसपछि अनिवार्य रूपमा घरपालुवा जनावर पाल्ने घरधनी सबैले उक्त चिप्स राख्नु पर्नेछ । यसबाट संख्या एकिन भइ संख्या र अवस्था व्यवस्थापन गर्न सहज हुनेछ ।’


विहिवार प्रमुख बालेनले कुकुर र विरालोको बन्ध्याकरण र रेविज खोप बारे जानकारी दिएका छन । 


६० दिनमा ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिसकिएको तथा ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिइएको उनले बताए । 


मंसिर मसान्तभित्र सामुदायिक कुकुर र विरालो सबैलाई बन्ध्याकरण र खोप दिइ सकिने पनि जानकारी दिए । 


असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा ९ वटै वडाबाट बन्ध्याकरण तथा खोप अभियान सुरु गरिएको हो । 


अहिले बन्ध्याकरण गरिएका कुकुर विरालोको एअर नोच (कानमा सानो चिन्ह) लगाएको छ । 


‘हाम्रो लक्ष्य भनेको सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने हो ।’ उनले भने । 


उनले पुसको पहिलो हप्ताबाट हामीले अभियानमा तपाईँको सहभागिता अपेक्षा गरेको बताए । 


एअर नोच नभएका कुकुर विरालो देखेमा कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरेर जानकारी गराउन प्रमुख बालेनल आग्रह समेत गरेका छन ।

 
उनले घर पालुवा जनावरको हकमा भने घर धनी आफैले बन्ध्याकरण र खोपको व्यवस्था मिलाउन हामी अनुरोध गर्न गरेका छन । 


महानगरले चौपायाहरुलाई ओसारपसार गर्न एम्बुलेन्स खरिद प्रक्रियामा  रहेको र मृत जनावरको व्यवस्थापनका लागि इन्सिनिरेटर पनि किन्ने प्रमुख बालेनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD