काठमाडौं । पशुपतिको गौशाला धर्मशालाका अनधिकृत संरचना हटाउन पुगेका महानगरको डोजर फिर्ता भएको छ ।
प्रहरीले शान्ति सुरक्षा कायम गर्ने भन्दै डोजर नियन्त्रणमा लिएपछि संरचना खाली नगरी नगर प्रहरीले ‘महानगरद्वारा सञ्चालित गौशाला/धर्मशाला’ भन्ने साइन बोर्ड मात्रै राखेर फर्किएको छ ।
बुधबार महानगर प्रहरीको टोली २ वटा डोजर लिएर धर्मशालामा नक्सा पास नभएका संरचना हटाउन पुगेका थिए । नगर प्रहरीका अनुसार प्रहरीले डोजर नियन्त्रणमा लिएर गौशला प्रहरीमा राखिएपछि संरचना भत्काउन नपाएको हो ।
यस विषयमा भने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने कुनै पनि डोजर नियन्त्रणमा नलिएको बताएका छन ।
नगर प्रहरीका अनुसार गौशाला प्रहरीले नियन्त्रणमा लिएका २ वटा डोजर फिर्ता दिएको छ ।
Categorized in स्थानिय