काठमाडौं । काठमाडौं महानगरपालिकाले आईतबार जारी गरेको आर्थिक विधेयकमा पार्किङ क्षेत्र निर्धारण गरी पार्किङ शुल्क तोकेको छ ।
महानगरभित्र तीनवटा क्षेत्र निर्धारण गरी सडक छेउछाउमा पार्किङ क्षेत्र निर्धारण गरेर शुल्क तोकेको हो ।
दुई पांग्रे, चार पांग्रे र त्यो भन्दा माथिका साधनको लागि फरकफरक शुल्क तोकेको छ । उसले एक घण्टाको दरले लाग्ने शुल्क निर्धारण गरेको छ ।
कुनै पनि सडकको २५ प्रतिशतभन्दा बढी भाग नओगट्नेगरी पार्किङ क्षेत्र निर्धारण गरी निजी क्षेत्र वा आफैले त्यस्तो व्यवस्था गर्ने महानगरको प्रस्ताव छ ।
निजी जग्गा र घरभित्र पनि पार्किङ सेवा संचालन गर्नको लागि महानगरको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

Categorized in समाज