१९ बैशाख २०८१, बुधबार
Header

महानगरले आयोजना गर्ने ‘सिप मेला’ मा यी १० क्षेत्रमा तालिम दिइने 


प्रकाशित: मंगलवार, ४ चैत्र २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले बैशाख १९ गतेबाट टुँडिखेलमा गर्न लागेको ‘सिप मेला’ मा विभिन्न १० क्षेत्रमा तालिम तथा प्रशिक्षण दिने भएको छ । 


महानगरले आयोजना गर्ने १ महिने ‘सिप मेला’ (छोटो अवधिको व्यवसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) सँग सहकार्य गर्ने गरी सम्झौता गरेको छ ।


सम्झौतामा महानगरका समाजिक विभागका निमित्त प्रमुख बिमला कोइराला र महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोदकुमार वानियाँले हस्ताक्षर गरेका छन । 


‘सिप मेला’ बाट १० क्षेत्रका ३६ पेशा सम्बन्धी २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएको महानगरले जनाएको छ । 


रोजगार संयोजक देवेन्द्र के.सी. का अनुसार पहिलो तालिमका क्षेत्रहरुमध्ये हलुका सवारी साधन एउटा हो ।

 
यसमा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन । विद्युतीय सवारी साधनमा मोटरवाइक र स्कुटर रिपेयर, इलेक्ट्रिकल कार रिपेयर तालिम हुनेछन । 


दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन । यस्तै प्लम्बिङ्मा वाटर प्युरिफिकेसन टेक्निसियन, सोलार फिटिङ् टेक्निसियन, बोरिङ् वाटर टेक्निसियन, अल्मुनियम फेब्रिकेटर, वेल्डिङ् तालिम समावेश छन् ।   


हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, वेकरी र वार टेन्डिङ्को प्रशिक्षण हुनेछ । 


सूचना प्रविधि चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा जडान तथा मर्मत, मोवाइल रिपेयरिङ्को तालिम हुनेछ । 
पाँचौ तालिम क्षेत्र मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियनको तालिम हुनेछ । 


छैटौ तालिमको क्षेत्रमा आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । 


त्यसैगरी, सातौँ क्षेत्र टेलरिङ् हो । यसमा गार्मेन्ट फेब्रिकेटर र फेसन डिजाइनिङ्कको कक्षा हुनेछ ।


आठौँ क्षेत्र व्युटिसियन हो । यसमा नेल, मेक अप, आइलेस, हेअर कट एण्ड स्टाइल, माइक्रो व्लान्डिङ् प्रशिक्षण हुनेछ । 


नवौँ क्षेत्र इन्टेरियर डिजाइनिङ् हो । यसमा प्लटिङ एण्ड लेजर कटिङ्, साइन मेकिङ्, स्क्रिन प्रिन्टिङ्को प्रशिक्षण हुनेछ । 


दशौँ विधा ग्रीन सोलुसन हो । यसमा रिकाइकल फ्लेक्स इनटु स्कूल व्याग टे«निङ्, क्यान्भास व्याग्स, पोउच मेकिङ्, प्लाष्टिक रिसाइक्लिङ् लगायतका तालिम हुनेछन । 


तालिम समापनको अन्तिम दिनमा रोजगारदाताहरु स्टलमा गएर क्षेत्रसँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरुले सम्पर्क गरी रोजगारको लागि आवद्ध गर्ने सक्ने केसीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD