७ जेठ २०८१, सोमबार
Header

महानगरले आज विहानैबाट अव्यवस्थित तार हटाउन थाले


प्रकाशित: सोमवार, २५ बैशाख २०८०, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको रहेको अव्यवस्थित तार हटाउन सुरु गरेको छ । 


सोमवार विहान ८ बजेबाट महानगरले माईतीघर मण्डला र न्यूरोड क्षेत्रबाट अव्यवस्थित तारहरु व्यस्थापन गर्न सुरु गरेको महानगरपालिकाले जनाएको छ । 


तार व्यवस्थापन गर्दा नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि बसेर तारको पहिचान गरी हटाउने कार्य गरिएको छ । 


प्राधिकरणले माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूट तय गरेको छ ।


वैशाख १२ गते महानगरले १५ दिने अल्टिमेटम दिँदै आगामी वैशाख २७ गतेसम्म तारको उचित व्यवस्थापन गर्न सूचना जारी गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD